सर्वोच्च अदालतले अनलाइनबाटै मुद्दाको सुनुवाई थालेको छ । को’रोना भाइ’रस फैलिएसँगै अदालती प्रक्रियामा पनि स’मस्या सिर्जना भएपछि अदालतले मुद्दा सुनुवाईमा अनलाइन प्रणाली अवलम्बन सुरू गरेको हो । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीले अनलाइन प्रविधिबाट बहस गरेकाे अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।
उनका अनुसार सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको छ । अदालतमा मुद्दाको संख्या बढ्दै जाने तर, सुनुवाई शुन्य हुँदा थप जटिलता आउने अवस्था छ । यहीकारण सर्वोच्च अदालतले पनि अनलाइनमार्फत मुद्दा सुनुवाई थालेकाे हाे ।
अनलाइनबाटै मुद्दा फर्च्छ्यौट हुने प्रणाली सुरुवात हुन सके न्यायिक प्रणालीमा सहजता आउने अनुमान गरिएको छ । को’रोना भाइ’रस म’हामा’रीको समयमा अहिले सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, संवैधानिक वि’वादको प्रश्न, को’रोना म’हामा’रीलगायतका विषयमा सार्वजनिक सरोकारका विवादजस्ता विषयमा मात्र सुनुवाइ गर्ने गरी सीमित सेवा मात्र दिएको छ ।