कैलालीको धनगढीस्थित सेती प्रादेशिक अ’स्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । को’रोना सं’क्रमितकाे उपचारमा अक्सिजनको चरम अभाव भइरहेको प्रदेशमा वटा अक्सिजन कन्सन्ट्रेटर जडान पछि केही सहज हुने अपेक्षा गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त भएका २४ वटा , प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ वटा र धनगढीका हार्डवेयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर काम थालिएको अ’स्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज थापाले जानकारी दिए । अहिले अ’स्पतालमा अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिण्डर भरेर सं’क्रमितको बेडसम्म पुगाउनुपर्ने झन्झट समेत हटेको छ । यसले गर्दा को’रोना सं’क्रमितहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।