सरकारले को’भिडवि’रुद्ध खो’प निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन र नेपालतर्फ हुने खो’प निर्यातमा आवश्यक अनुमति प्रदान गर्न भारत सरकारसँग अनुरोध गरेको छ । खो’पमा लगाइएको प्रतिबन्धले गम्भीर स’मस्या सिर्जना गरेको भन्दै नेपाल सरकारले त्यस्तो प्रतिबन्ध हटाउन भारत सरकारको गम्भीर ध्यानाकर्षण गरेको हो ।
को’भिड–१९ को रोकथामका लागि खोपको प्रयोगलाई नेपाल सरकारले अति उच्च प्राथमिकतामा राखेको अवस्थामा भारतबाट हुने निर्यातका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र भारतीय राजदूतावास काठमाडौंमार्फत खोपमा लगाइएको प्रतिबन्ध हटाउन र नेपालतर्फ हुने खो’प निर्यातमा आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरिएको हो ।
कोभ्याक्सिनको आधिकारिक आयातकर्ता इमेराल्ड फार्माले हैदराबादस्थित भारत वायोटेक इन्टरनेसनल लिमिटेडबाट खोप खरिद प्रक्रियाअघि बढाएकोमा भारत सरकारले खोप निर्यातमा गरेको अस्थायी प्रतिबन्धका कारण स’मस्या भएकाले त्यसलाई समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।
त्यसो त नेपालले भारतबाट खरिद गरेको १० लाख डोजसमेत अझै उपलब्ध भएको छैन । जसका कारण पहिलो खोप लगाएको लामो समय भइसक्दासमेत दोस्रो खो’प अन्योलमा नै पर्दै आइरहेको छ । यसका कारण पहिलो खो’प लगाएका दोस्रो खो’प समयमा नै लगाउन नपाउने हो कि भन्ने चिन्ताले सताइन थालेका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार स्पेनबाट सहयोगस्वरूप प्रदान गरिएका १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, १ लाख ४४ हजार एन्टिजेन टेस्टकीट, १ लाख ४४ हजार एफएफपीटु मास्क र ६० सिलिन्डर बिहीबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफमार्फत ८ सय ४० थान अक्सिजन कन्सन्ट्रेटर समेत १५ लाख डलर बराबरको स्वास्थ्य उपकरण २७ मे, २०२१ मा नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।
यसैगरी अजरबैजान, फ्रान्स, फिनल्यान्ड र जर्मनीले ईयूको सिविल प्रोटेक्सन मेकानिज्मअन्तर्गत प्रदान गर्ने सहयोग सम्बन्धमा हालसम्म १४ भेन्टिलेटर, ३० लाख फेस मास्क, ३ लाख ५० हजार एफएफपीटु मास्क, ५२ हजार ५ सय जोर भिनाइल ग्लोभ, ३० हजार आइसो’लेसन गाउन र २० हजार टेस्टकीट सहयोगको प्रतिबद्धता प्राप्त भएकोसमेत मन्त्रालयले जनाएको छ ।