अमेरिकी सहयोग नियोग (युएसएड) ले अत्यावश्यक स्वास्थ्य सामग्री एयर लिफ्ट गरेर ल्याउन लागेको छ । को’भिड–१९ म’हामा’रीका कारण सं’क्रमितहरूको संख्या उल्लेख्य बढेपछि युएसएडले अनुदानमा उपलब्ध गराउने स्वास्थ्य सामग्री तीनओटा फ्लाइटमार्फत् काठमाडौं ल्याउन लागेको जनाएको छ ।
सर्जिकल मास्क, फेस शिल्ड (अनुहार कवच), पञ्जा लगायतका सामग्री स्वास्थ्यकर्मीका लागि ल्याइन लागेको हो । युएसएडको तर्फबाट प्राप्त सहयोगको पहिलो चरणमा यी सामग्री प्राप्त हुनेछन् । को’भिड–१९ सं’क्रमण नियन्त्रणका लागि युएसएडले यसअघि पनि १ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको परीक्षण, सं’क्रमितसँगको सम्पर्कमा आएकाहरू पहिल्याउने, उपचार तथा रोकथामका लागि सहयोग प्रदान गरेको छ ।
युएसएडले देशभर अक्सिजन उत्पादन प्रणालीको मर्मतका लागि पनि काम गरिरहेको छ । अहिले प्राप्त हुन लागेको सहयोग यसअघिका १५ महिनामा भएको सहयोगमा अतिरिक्त सहयोग हो । युएसएडले पछिल्लो २० वर्षमा नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि ६० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराइसकेको उल्लेख छ ।
को’भिड–१९ शुरु भएयता नेपालको ६० प्रतिशत जनसंख्याले युएसएडको सहयोगबाट लाभ लिएको बताइएको छ । युएसएडले कोभिड–१९ परिक्षण सुविधा सुरुमा एकमात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हुने गरेकोमा देशभर ८७ ठाउँमा परीक्षण सुविधा पु¥याउन मद्दत गरेको छ ।
पछिल्लो ६ महिनामा मात्र कोभिड–१९ परिक्षण उपकरण सहित, अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, व्यक्तिगत सुरक्षा उपकरण, निसं’क्रमणका लागि प्रयोग हुने वस्तुहरू, थर्मोमिटर, धमनी रक्त ग्यास मेसिन तथा अन्य प्राण रक्षक स्वास्थ्य सामग्रीहरू सहयोग गरेको बताएको छ । गत वर्ष नोभेम्बरमा युएसएडले देशभरका ५१ अ’स्पताललाई १०० भेन्टिलेतर र को’भिड–१९ का ज’टिल बि’रामीका लागि राष्ट्रिय एम्बुलेन्स सेवाको व्यवस्था गरेको थियो ।