एनआईसी एसिया क्यापिटलले नेपालमै पहिलो पटक अनलाइनबाटै म्युचुअल फण्डमा लगानी गर्न सकिने व्यवस्था मिलाएको छ । निश्चित आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित एन आईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना ल्याइएको हो ।
जसअनुसार एनआईसी एसिया डाइनामिक डेप्ट फण्डका इकाईहरु अनलाइनमार्फत खरिद गर्न सकिने छ । हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण रोकथाम गर्न देशव्यापी निषेधाज्ञा जारी गरिएको छ ।
यस्तो अवस्थामा यो नयाँ योजनामा इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर पाउनेछन् । अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्न एनआईसी एसिया क्यापिटलको वेबसाइट सोझै यहाँ क्लिक गरि युनिट पर्चेजभित्र गएर रीतपूर्वक आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।
त्यसपछि सहजै योजनाको इकाई खरिद गर्न सकिन्छ । हाललाई इकाई खरिद बापतको रकम एनआईसी एसिया बैंक लिमिटेडको अनलाइन सेवा, कनेक्ट आईपीएस र खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिने छ । ९८५११२१९६४ नम्बरमा कल गरी यस सम्बन्धमा थप जानकारी लिन सकिने बताइएको छ ।