को’रोना सं’क्रमणलाई परा’स्त पार्न आवश्यक पर्ने मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउन चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठले १५ दिने विशेष कार्यक्रम गर्ने भएको छ ।
सामाजिक सञ्जाल र दृश्य सञ्जालको माध्यमबाट गरिने कार्यक्रममा निःशुल्क भाग लिन सकिने पीठले जनाएको छ । कार्यक्रम जेठ १० गतेबाट सुरु हुने र पीठका पीठाधीश समाधिसिद्ध महायोगी सिद्धबाबा जगतगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्यजी महाराजबाट सिद्ध महायोग र आहार–विहारको १५ दिने विशेष कार्यक्रम हुन लागेको पीठले जनाएको छ ।
पीठले को’रोनाको यौगिक उपचार पद्धति, दिनाचार्य, भोजनाचार्य र आत्मसंयमका अवधारणा सहितका कार्यक्रम पनि आफ्नो फेसबुक पेजमा राख्ने जनाएको छ । मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउने कार्यक्रमले को’रोना म’हामा’रीबाट बढीभन्दा बढी मानिसलाई सुरक्षित राख्न मदत गर्ने पीठको भनाइ छ ।