अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खो’प अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सि’रिन्ज प्रयोगमा रोक लगाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ हाइयु मेडिकलद्वारा निर्मित सिरिन्जमार्फत खो’प लगाएका व्यक्तिको हात सुन्निने र सुई समेत भाँचिने गरेको भन्दै प्रयोगमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकाले फाइजर र बायोन्टेक खो’प लगाउन प्रयोगमा ल्याइएको चाइनिज सि’रिन्जका कारण खो’प लगाएका व्यक्तिहरुमा हात दुख्ने र हात सुन्निने स’मस्या देखा परेको एफडिएका अधिकारीहरुको भनाइ छ । अमेरिकामा हाल करीब २८ करोडले को’रोना वि’रुद्धको खो’प लगाइसकेका छन् ।