को’रोना सं’क्रमित आफन्तलाई दिइएको सेवाबाट प्रभावित भएका सं’क्रमितको परिवारले पर्वत अ’स्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्। बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कोलपाटा घर भई हाल कुस्मा बजार बस्दै आएका सावित्री र उनका श्रीमान् विष्णुप्रसाद श्रेष्ठले अ’स्पताललाई सहयोग गरेका हुन्।
अ’स्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार उनीहरूको परिवारका एक सदस्यलाई को’रोना सं’क्रमण भएपछि पर्वत अ’स्पतालमा उपचार गरिएको थियो। केही दिनको उपचारपछि आफन्तको रिपोर्ट नेगेटिभ आएको र अ’स्पतालमा रहँदा त्यहाँको व्यवस्थापकीय पक्ष र स्वास्थ्यकर्मीहरुले गरेको उचित ध्यानका कारण आफूलाई अ’स्पतालमा आर्थिक सहयोग गर्न मन लागेको सहयोगदाता सावित्रीले बताइन्।
‘अ’स्पतालले ध्यान दिएर उपचार गरेका कारण मेरो आफन्तले समयमा नै को’रोनालाई जित्नुभयो। यदि त्यो उपचार यहाँ नभएको भए कति धेरै पैसा खर्च गरेर पोखरा वा काठमाडौं लैजानुपर्ने थियो,’ उनले भनिन्, ‘समयमा राम्रोसँग हाम्रो आफन्तलाई निको भयो, पैसा पनि खर्च भएन।
यही कारण हामीले आर्थिक स’मस्यामा परेका को’रोना सं’क्रमितको उपचारमा सघाउ पुगोस् भनेर अ’स्पताललाई सहयोग गरेका हौँ।’ अध्यक्ष पहाडीले श्रेष्ठ परिवारबाट प्राप्त भएको सहयोग रकम को’रोना सं’क्रमितहरुको उपचार कक्ष व्यवस्थापन तथा गरिब र असाहय बि’रामीहरूलाई आवश्यक पर्ने सामान आपूर्तिको व्यवस्था मिलाउन खर्च गरिने बताए।
यसअघि कुस्मा बजारकै जमुना श्रेष्ठको परिवारले पनि सं’क्रमितको उपचारमा खुसी भएको बताउँदै अ’स्पताललाई २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका थिए। यसरी सं’क्रमणलाई जितेपछि उनीहरूको परिवारको तर्फबाट अ’स्पतालका लागि ७५ हजार रुपैयाँ सहयोग भएको छ। यसबाहेक अ’स्पतालको आइसो’लेसन व्यवस्थापनको लागि भनेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट दुई लाख भन्दा बढी नगद सहयोग अ’स्पताललाई भएको छ।