काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको छ। जारी गरिएको इकाईको १४ प्रतिशत हुन आउने एक करोड ४० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई छुट्टाइएको छ भने एक प्रतिशत हुन आउने १० लाख इकाई कोष व्यवस्थापकका रुपमा रहेको प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो पनि – केही दिनयता कोरोना कोभिड–१९ सङ्क्रमण दर लगभग स्थिर रहे पनि कोरोना जितेर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।
त्यस क्रममा शनिबार हालसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार एकै दिन थप आठ हजार ८४८ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप आठ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।