नेपाल बैंककोे ऋणपत्र जेठ ९ गते बाँडफाँट भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदर रहेको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरेको भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको छ । सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।
साथै, कम्पनीले आंशिक बाँडफाँटमा नपरेको ऋणपत्र बापतको रकम जेठ १० गते (आज) देखि आइपीएसमार्फत आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।