नेपाल पत्रकार महासङ्घ गुल्मीले जिल्लामा अक्सिजन प्लान्ट स्थापानाका लागि गुल्मी अ’स्पताल तम्घासलाई ६० लाख रुपैयाँ प्रदान गरेको छ । अक्सिजन अभावका कारण बि’रामीको ज्या’न जान थालेपछि अक्सिजन अभियानमा जुटेका गुल्मेली पत्रकारको पहलमा सङ्कलित रकम सोमवार गुल्मी अ’स्पताललाई हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राजनीतिक दलका नेता, नागरिक समाजलगायतको उपस्थितिमा गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई महासङ्घको तर्फबाट ६० लाख रुपैयाँको चेक प्लान्ट निर्माणका लागि हस्तारण गरिएको हो ।
पत्रकार महासङ्घ गुल्मीले गएको वैशाख २५ गतेदेखि जिल्लामा अक्सिजन अभियान सञ्चालन गरेको थियो । अभियानमार्फत सङ्कलित ५० लाख र जिल्ला समन्वय समिति गुल्मीले महासङ्घलाई प्रदान गरेको १० लाख गरी ६० लाख रुपैयाँको चेक अक्सिजन प्लान्टक बनाउन अ’स्पताललाई प्रदान गरिएको महासङ्घका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभएको छ । केही समयअघि पनि महासङ्घले अक्सिजनको अभाव बढेपछि पाँच लाख रुपैयाँको २० वटा ठूला अक्सिजन सिलिन्डर अ’स्पतालाई प्रदान गरेको थियो ।
यस्तै महासङ्घले सञ्चालन गरेको अभियानमा स्वदेश तथा विदेशबाट गरी ७० लाखभन्दा बढी रकम सङ्कलन भएको अभियन्ता तारा भुसालले बताउनुभएको छ । गुल्मी अ’स्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारको तर्पmबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा एक करोड र आईसीयूको लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ ।