सिन्धुलीमा को’रोना संक्र’मणबाट मंगलबार थप तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कमलामाइ नगरपालिका–४ की ७८ वर्षीया महिला, सर्लाही लालबन्दीका ५७ वर्षीय पुरुष र कमलामाइ–१४ की ५५ वर्षीया महिला रहेका छन् । मृ’तकहरु को’भिड अ’स्पतालमा उपचाररत थिए ।
योसँगै को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १७ पुगेको छ । मृ’तक तीनै जनाको अक्सिजनको सपोर्टमा उपचार भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन सन्तोष माझीका अनुसार एन्टिजेन परीक्षण सहितका गरी हालसम्म सिन्धुलीमा एक हजार ५२ जना सं’क्रमित रहेका छन् । तीमध्ये संस्थागतमा आइसोलेसनमा २९ र होम आइसोलेसनमा ८७९ जना उपचाररत छन् । १३४ जना सं’क्रमणमुक्त भएर घर फर्किएका छन् ।