को’रोना सं’क्रमणको दोस्रो लहरका क्रममा प्रदेश २ का जिल्लाहरु अति प्रभावित रहेका छन् । सं’क्रमित र सं’क्रमणवाट मृ’त्यु हुनेको संख्या प्रदेश २ मा उच्च छ । को’रोना सं’क्रमणकै कारणले प्रदेश २ मा दुई जना पत्रकारको नि’धन भैसकेको छ ।
बढ्दो जो’खिमलाई ध्यानमा राख्दै नेपाल पत्रकार महासंघ प्रदेश २ ले सुरक्षामा आवश्यक रहेको स्वास्थ्य सामग्री जुटाउन अगुवाई गरेका थिए । महासंघको प्रादेशिक समितिको पहलमा प्रदेश २ सरकारले आठै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
जस अन्र्तगत सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर १ सय एमएलको दुई बोतल, ग्लभ्स २ पिस र फेस शिल्ड २ पिस पाउने ८ सय पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको महासंघ प्रदेश २ अध्यक्ष राजेश कर्णले बताए । यस्तै आठवटै जिल्लामा रहेका महासंघको शाखा कार्यालय र प्रादेशिक समितिलाई थर्मोगन १\१ थान र अक्सिमिटर १\१ थान प्राप्त हुनेगरी प्रादेशिक समितिलाई हस्तान्तरण गरेको अध्यक्ष कर्णले बताए ।