काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तोलामा २०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
यो पनि
काठमाण्डाै – बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले अबकाे केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुने बताएको छ ।
आँधीको प्र’भावले आज प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश-१ का उच्च हिमाली/पहाडी भूभागका केही ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस्तै भोलि सबैजसो प्रदेशका केही ठाउँमा ठूलो पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हरेको विभागले जनाएको छ ।
यास चक्रवातको प्रभाव आउँदो शनिवारसम्म रहने छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च गतिको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले आजदेखि केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन पनि विभागले आग्रह गरेको छ ।