अमेरिकाले आफ्ना नागरिकलाई जापान र श्रीलंका भ्रमण नगर्न आग्रह गरेको छ । यसअघि अमेरिकाले को’रोना सं’क्रमण उच्च भएको भारतमा पनि आफ्ना नागरिकलाई भ्रमण नगर्न भनेको थियो । अब भारतसँगै जापान र श्रीलंकामा पनि भ्रमण नगर्न अमेरिकारले ट्राभल एड्भाइजरी जारी गरेको हो ।
अमेरिकाको रो’ग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले सोमबार एक सूचना जारी गर्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेको हो । लेभल–४ को स्वास्थ्यसम्बन्धी यात्रा सूचना जारी गर्दै अमेरिकाले को’भिड–१९ को अत्यन्तै खतरा भएको देशका रूपमा जापान र श्रीलंकालाई पनि राखेको छ । लेभल ४ अनुसार अमेरिकारले एक सय ५१ देशमा आफ्ना नागरिकलाई यात्रा नगर्न भनेको छ ।
यस्तै जापानले पनि अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रूपमा बन्द गरेको छ । अमेरिका फर्कनुपर्ने विदेशी तथा अमेरिकन नागरिक जापानमा फसेका छन् । अमेरिकाले जापानमा फसेका आफ्ना नागरिकहरूलाई दूतावासमा सम्पर्क राख्न भनेको छ । जापानमा २३ जुलाईदेखि ओलम्पिक खेलकुद प्रतियोगिता सुरु हुने भनिएको छ । तर, यहाँ कोराना भाइरस रोकथाम प्रक्रिया निकै सुस्त गतिमा छ ।
यहाँ अहिलेसम्म सात लाख सं’क्रमित भएका छन् । को’रोनाका कारण १२ हजारले ज्या’न गु’माइसकेका छन् । जापानमा अहिले पनि को’रोना रोकथामका लागि कतिपय ठूला सहरमा सं’कटका’ल लागू गरेको छ । टोकियो ओलम्पिक सफलतापूर्वक सञ्चालन गर्न नै जापानले यस्तो रणनीति अपनाएको हो ।