काठमाडौँ- विश्वभर नै महा’मा’रीको रूप लिइरहेको को’रोना भाइ’रसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई आह्वान गरेको छ । अमेरिकी स्वास्थ्यमन्त्रीले को’भिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्युएचओलाई आह्वान गरेका हुन् ।
डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले को’रोनाभा’इरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका छन्। चीनको वुहानस्थित प्रयोगशालाका शोधकर्ताहरू महा’मारी फैलनुअघि नै वि’रामी परेको सूचना सार्वजनिक भएलगत्तै अमेरिकाले डब्ल्युएचओलाई यस्तो आग्रह गरेको हो ।
को’भिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो । त्यसयता उक्त भाइ’रसबाट विश्वभरि १६ करोड ७० लाखभन्दा बढी मानिस प्रभा’वित भइसकेका छन् । ३४ लाखभन्दा बढी संक्रमितको मृ’त्यु भएको छ । गत मार्चमा डब्ल्युएचओले को’रोना भाइ’रसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै न्युन भएको जनाएको थियो ।