विराटनगरको एम्स अ’स्पतालले उपचारका लागि १८ घण्टा राख्दा बि’रामीलाई एक लाख ३६ हजारको बिल थमाएको छ । जनकपुरबाट उपचारका लागि आएका ४४ वर्षीय बद्रीबहादुर मगरको उपचार शुल्कवापत अस्पतालले आफन्तलाई एक लाख ३६ हजारको बिल थमाएको हो ।
शनिबार नोबेल मेडिकल कलेजमा भर्ना भएका बद्रीको को’रोना सं’क्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएपछि नोबेलले अन्त्यन्त्र लैजान भन्यो । राति साढे ८ बजे आफन्तले उनलाई विराटनगर अ’स्पताल चोकमा रहेको एम्स अ’स्पतालमा भर्ना गरे । उपचार महंगो भएको जानकारी पाएपछि उनीहरुले डिस्चार्ज मागे । तर डिस्चार्ज पेपरसँगै १ लाख १६ हजारको बिल दिएको बुहारी निशा मगरले बताइन् ।
‘आईसीयूमा राखेको थियो, भोलिपल्ट औ’षधि र बेड चार्जसहित एक लाख ३६ हजार तिर्न लगाए,’ उनले भनिन्,‘ पैसा तिरेर बुबालाई मोरङ सहकारी अ’स्पतालमा लग्यौं ।’ मोरङ सहकारीमा पीसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको छ । बुहारी निशाले भनिन्, ‘अक्सिजन सपोर्टमा उपचार हुँदैछ ।’ महङ्गो शुल्क लिएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा ठ’गीको उजुरी गरेका छन् ।
ठ’गीको उजुरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए । एम्स अस्पतालको प्रशासनका एक कर्मचारीले भने भेन्टिलेटरमा दुई दिन राखेकाले धेरै बिल उठेको बताए । ‘अघिल्लो दिन आएर उहाँ भेन्टिलेटरमा बस्नुभयो,’ उनले भने, ‘भोलिपल्ट जाँदा दुई दिनको हिसाब भयो ।’