को’रोना भाइ’रस (को’भिड– १९) महा’मारीले सहरमा जनजीवन कठि’न बनाइरहँदा नेपालका हिमालहरू भने निकै व्यस्त रहे । सम्भवतः यसपटक को’रोना महा’मारीले रोक्न नसकेको थोरैमध्ये पर्वतारोहण क्षेत्र रह्यो । को’रोना भाइ’रस बेस क्याम्पसम्म पुगेको खबरका बाबजुद आरोहीहरू रोकिएनन् ।
गत वर्ष महामारीकै कारण मुख्य सिजनमै ठप्प बनेको नेपालको पर्वतारोहण यो वर्ष भने सामान्य अवस्थाको जस्तै भयो । पछिल्ला केही दिनदेखि दैनिक सयभन्दा बढी आरोहीहरूले विश्वको सर्वाेच्च शिखर सगरमाथामा पाइला पुर्याएका छन् । त्यो संख्यामा ४३ वर्षीय पिके (पूर्णकुमार) शेर्पा र उनका छोरा १७ वर्षीय सोनम शेर्पा पनि रहे । यो सिजनको सबै आरोहणमध्ये यी बाबु–छोराको जोडीको आरोहण धेरै तरिकाले फरक छ ।
सगरमाथाको उचाइ झन्डै एक मिटर (०.८६ मिटर) ले बढेर आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेपछि सफल आरोहण गर्ने सोनम कान्छो आरोही हुन् । यस्तै, बाबु छोराको पहिलो जोडी पनि । जलवायु परिवर्तनविरुद्धको अभियान पुस्तौँसम्म चल्नेछ । यो अभियान हामीले अर्काे पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ । त्यही भएर छोरालाई पनि यो अभियानमा साथै लिएर हिँडेको छु ।
तर, लामो समयदेखि जलवायु परिवर्तनविरुद्ध अभियान चलाउँदै आएका यी बाबु–छोरा व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो अभियान महत्वपूर्ण रहेको सुनाउँछन् । सगरमाथा सफल आरोहण गरी फर्कदै गरेका पिकेले आधार शिविरबाट आफ्नो अभियानको पहिलो पाइला सफल भएको बताए । यसअघि सगरमाथाको सफाइकै लागि दुईपटक आरोहण गरिसकेका पिकेले यसपटक भने जलवायु परिवर्तनविरुद्धको सन्देश लिएर सगरमाथाको आरोहण गरे । वास्तवमा उनले जलवायु परिवर्तनविरुद्ध एउटा ठूलो अभियान नै तय गरेका छन् ।
उनी जलवायु परिवर्तनविरुद्धको सन्देश लिएर छोरासहित सातै महादेशको हिमाल आरोहण गर्दै छन् । त्यसको सुरुवात एसियाबाट गरेका हुन्, सगरमाथाको सफल आरोहणमार्फत । उनका अनुसार यो अभियानमा छोराको सहभागिताको फरक महत्व छ । उनी भन्छन्, ‘जलवायु परिवर्तनविरुद्धको अभियान पुस्तौँसम्म चल्नेछ । यो अभियान हामीले अर्काे पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ । त्यही भएर मेरो अर्काे पुस्ता छोरालाई पनि यो अभियानमा साथै लिएर हिँडेको छु ।’
बाबुको यो अभियानमा छोरा सोनम पनि सहमत छन् । वास्तवमा यो अभियान लिएर सगरमाथाको आरोहण गर्ने प्रस्ताव छोरा सोनमकै हो । ‘बुबा पहिलेदेखि नै यो अभियानमा हुनुहुन्छ । म आफैँ पनि पर्यटन क्षेत्रमा संलग्न भएको केही वर्ष भइसकेको छ । बुबाले सुरु गर्नुभएकोे अभियान र आफैँ पर्यटन क्षेत्रमा संलग्न भएपछि जलवायु परिवर्तनले प्रकृतिमा धेरै ठूलो असर पारिसकेको पाएँ,’ सोनम भन्छन्, ‘त्यसैले यो अभियानलाई अझ बृहत् रूपमा अघि बढाउन आवश्यक छ भन्ने महसुस भयो । त्यसअनुसार सगरमाथा आरोहणको योजना बनेको हो ।’
पिकेका अनुसार उनीहरूको यो अभियानमा अरू सहयोगहीहरू पनि जोडिएका छन्, जसले अन्य महादेशमा काम गरिरहेका छन् । ‘अन्य महादेशमा हामीले आरोहण गर्ने हिमालको टुंगो लाग्न बाँकी छ । यद्यपि, त्यहाँ साथीहरूले तयारी गर्दै हुनुहुन्छ । आरोहणको सम्पूर्ण व्यवस्थापन, प्रचार त्यहाँकै साथीहरूले हेर्दै हुनुहुन्छ,’ पिके भन्छन्, ‘सबै कुरा निश्चित भएपछि आरोहणका लागि जानेछौँ । त्यसबाट हाम्रो अभियानले अझ सफलता प्राप्त गरेको महसुस गर्नेछौँ ।’