रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा को’भिड-१९ ले एकै घरका ३ जनाको मृ’त्यु भएको छ । नाै दिनभित्र एकै परिवारका तीन जनाकाे मृ’त्यु भएको हो ।
यीमध्ये एक जनाको हाेम आइसोलेसनमा र दुई जनाकाे उपचारका क्रममा युनिर्भसल मेडिकल कलेज भैरहवामा मृ’त्यु भएको आफन्त जेवी गुरुङले बताए । मृ’त्यु हुनेमा पूर्वजनप्रतिनिधि नरबहादुर गुरुङ, उनकी श्रीमती मनसुवा र छोरा प्रेम छन् ।
संक्र’मित भई घरमै बसेकी मनसुवाको नाै दिनअघि ५ जेठमा मृ’त्यु भएको थियो । सोही वडाका वडाध्यक्ष पदम थापाका अनुसार २ जेठमा मनसुवाकाे को’भिड-१९ रिपाेर्ट पोजेटिभ देखिएकाे थियाे । उनको श्वासप्रश्वासमा स’मस्या भएपछि घरमै अक्सिजनको व्यवस्थापन मिलाइएकाे थियाे । संक्र’मणले च्याप्दै गएपछि ५ गते मृ’त्यु भयो ।
घरमा श्रीमतीलाई को’भिड पुष्टि भएपछि नरबहादुर र छोरा प्रेमकाे पीसीआर परीक्षण गर्दा दुवै जनाकाे रिपाेर्ट पाेजेटिभ आयो । सास फेर्न गाह्राे हुन थालेपछि उनीहरू युर्निभसल मेडिकल कलेजमा भर्ना भए । उपचारकै क्रममा छोरा प्रेम गुरुङको ७ जेठमा मृ’त्यु भयाे । नरबहादुर गुरुङको ज्यान १२ जेठमा अ’स्पतालमै गएको हो ।
सबपरिवारको मृ’त्यु भए पनि बुहारी अहिले उपचारकै क्रममा अ’स्पतालमा छन् । उनलाई परिवारका सदस्यको मृ’त्युको खबरसमेत गराइएको छैन । आफन्त जेवी गुरुङले को’भिडले परिवार नै उजाड बनाएको बताए । उनले भने,’हाम्रो परिवार को’भिडले उजाड बनायो ।’