काठमाण्डौ । सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ । विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार जुन १ ९जेठ १८० देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनमा साताको एक दिन दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।
संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा, आज सुनुवाइ हुने : सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
बिहीबारको प्रधानन्यायाधीशको एकल इजलासमा १९ रिट निवेदनको सुनुवाइ भएको थियो । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुनेछ ।