सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुनका लागि अझै केही समय लाग्ने भएकाे छ ।
कम्पनीकाे आईपीओकाे बाँडफाँडमा परेका केही लगानीकर्ताहरूकाे पनि मेराे सेयरमा भने आईपीओ परेकाे नदेखाएकाे तथा हाल मुलुकभर महामारीकाे रूपमा फैलिरहेकाे काे’राेना भाइ”रसकाे संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले निषेधाज्ञा लागू गरेकाे हुनाले कम्पनीकाे आईपीओ नेप्सेमा सूचीकृत हुन अझै केही समय लाग्ने सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडका एक कर्मचारीले अर्थ संसारलाई जानकारी दिएका छन् ।
यसकाे अर्थ दाेश्राे बजारमा सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयर काराेबार गर्न लगानीकर्ताहरूले अझै केही समय कुर्नुपर्ने भएकाे छ । कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।
जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे ।