काठमाडौं । शेयरबजारमा बुद्धभूमि नेपालले आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १२ करोडको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नुवाकोटका स्थानीका लागि ४ लाख कित्ता र सर्वसाधारण लागि ८ लाख कित्ता गरी कुल १२ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीको आइपीओ निष्काशन गर्न सिभिल क्यापिटलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ।यसले कम्पनीको वित्तीय जोखिमवहन क्षमता औसतभन्दा कम रहेको जनाउँदछ । हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ।कम्पनीले नुवाकोटको तादी खोलामा ५ मेगावाटको ओयोजना निमार्ण गर्दैछ ।
शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा परिणत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । स्टकका अनुसार बैंकको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । याे सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३ अर्ब ४० करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेकाे छ ।