चालू आर्थिक वर्ष २०७७/०७८ का लागि प्रमुख खाद्यान्न बाली मध्ये धान, गहुँ, र उखुको मन्यूनत समर्थन मूल्य तोकिएको छ। यसबाट कृषकलाई वस्तुको बिक्रीमा सुनिश्चित हुनुको साथै कृषि क्षेत्रमा बिचौलियाका प्रभाव निरूत्साहित गर्न सहयोग पुग्ने छ। चालू आवका लागि मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल क्रमशः २ हजार ७ सय ३५ र २ हजार ८ सय ८५ तोकिएको आर्थिक सर्वेक्षण २०७७/७८ ले उल्लेख गरेको छ।
सर्वेक्षण अनुसार गहुँको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार १ सय ११ रूपैयाँ र उखुको न्युनतम समर्थन मूल्य ५ सय ४४ रूपैयाँ ३३ पैसा छ। गत आर्थिक वर्ष २०७६/०७७ मा उखुको प्रति क्वीन्टल ५३६.५६, मोटा र मध्यम धानको क्रमशः २५३२.८० र २६७३.१६ र गहुँको ३०१५ रूपैयाँ न्युनतम समर्थन मूल्य तोकिएको थियो।
०७७ फागुन मसान्तसम्म विभिन्न ८ जिल्लाका उखु कृषकलाई प्रति क्वीन्टल ६५ रूपैयाँका दरले ९४ करोड ४० लाख ४८ हजार १ सय रूपैयाँ अनुदान उपलब्ध गराएको बताएको छ। गत आवमा १ अर्ब ३७ करोड २२ लाख ६७ हजार रूपैयाँ अनुदान उपलब्ध गराएको थियो।