संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालयहरूले यस पटक पनि कोभिडको निहुँमा फागुनदेखि नै तलब नदिएको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले निजी विद्यालयका शिक्षकले कम पारिश्रमिकमै दिनरात काम गरे पनि विद्यालयहरूले यस पटक पनि फागुनदेखि नै तलब नदिएको सरकारसँग गुनासो गरेका छन् ।
निजी विद्यालयमा कार्यरत शिक्षकको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति इस्टुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई इमेल गरी आफ्ना माग बुझाएको छ । इष्टु अध्यक्ष होमकुमार थापाले इमेल गरी सरकारले यस पटक जेठ १५ गते प्रस्तुत गरिने बजेटमै लकडाउन अवधिभरको शिक्षकको सम्पूर्ण तलबभत्ता राहतस्वरुप सरकारले नै व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् ।