काठमाडौं महानगरपालिकाले को’रोना म’हामा’रीका कारण अ’भाव खेपिरहेका विभिन्न ९ अ’स्पताललाई ४५ थान भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिएको छ । को’रोना म’हामा’रीको सं’क्रमण फैलिएसँगै अ’स्पतालको क्षमता बढाएर सेवा विस्तार गरी सं’क्रमित नागरिकलाई बचाउने उद्देश्यले भेन्टिलेटर विभिन्न अ’स्पताललाई उपलब्ध गराएको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
महानगरले त्रिवि शिक्षण अ’स्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अ’स्पताललाई १५, क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल–कोरिया मैत्री नगरपालिका अ’स्पताललाई ३, महेन्द्रनारायण निधि मेमोरियल अ’स्पताललाई २, हेल्पिङ ह्यान्ड्स सामुदायिक अ’स्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडल अ’स्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अ’स्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ ।
‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अ’स्पताललाई वीर ५० वटा मनिटर उपलब्ध गराएका छौँ । महेन्द्रनारायण निधि मेमोरियल अ’स्पताललाई पनि २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । महानगरमार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका को’भिड सं’क्रमित नागरिकको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका प्रमुख शाक्यले भने ।
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अ’स्पताललाई महानगरले उपलब्ध गराएको ५ करोड रुपैयाँ बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । कान्ति अ’स्पतालमा प्लान्ट असार महिनादेखि सञ्चालन हुनेछ । विभिन्न अ’स्पताललाई उपलब्ध गराएमध्ये केही भेन्टिलेटर, पिसिआर मेसिनलगायत सामग्री भगिनी सम्बन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरलाई सहयोगस्वरूप उपलब्ध गराएका हुन् ।
‘को’भिड सं’क्रमित बि’रामी तथा आफन्तको उपचार सहज बनाउन ११८० नागरिक हट लाइनबाट २४ सै घन्टा सेवा दिने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘बि’रामीलाई अ’स्पतालमा पुग्न सहज होस् भनी को’भिड–१९ बि’रामीका लागि १०२ नम्बर फोनमार्फत १० वटा र नन् कोभिड बि’रामीका लागि १० वटा गरी २० वटा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । यसबाट हालसम्म २२ हजार को’भिड सं’क्रमित बिरा’मी र १२ हजार नन–कोभिड बि’रामीले सेवा प्राप्त गरिसकेका छन् ।’
हालसम्म महानगरभित्र ४४ हजार बढीले निःशुल्क पिसिआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले बताएको छ । महानगरले अहिलेसम्म नगरभित्र ६५ वर्षमाथि उमेरका ६७ हजारलाई को’भिशिल्ड र भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको जनाएको छ ।