तीन दिनदेखिको वर्षाले उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा प’हिरोले बाटो अवरु’द्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर सहित सुकेबगरमा पहिरो खसेको दाना प्रहरी चौकीका इन्चार्ज असई दीपकबहादुर क्षत्रीले बताउनुभयो । अवरु’द्ध सडक सञ्चालनका लागि अवरोध पन्छाउने कार्य भइरहेको छ ।बिहिबारदेखि भएको वर्षाले कालिगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण समेत बगाएको छ ।
उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला स्तरोन्नति भइरहेको ७६ किलोमिटरको काममा पनि वर्षाले अ’वरोध पुर्याएको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव ‘यास’ चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म बाढी, पहिरो र उच्च वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन अपिल समेत गरिएको छ ।