अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् ।
बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।
२० युनिटसम्म विद्युत खपत गर्नेलाई शुल्कमा पूर्ण छुट : सरकारले निशेषाज्ञा भरीमा मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत शुल्क छुट पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै २० युनिटसम्म विद्युत खपत गर्नेलाई पूर्ण छुट निशेषाज्ञा भरीमा मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई सत प्रतिशत छुट पाउने कुरा बताएका हुन् ।