आर्थिक बर्ष २०७८/७९ को बजेटले सेयर बजारका दीर्घकालीन लगानीकर्तालाई राहत दिएको छ । सरकारले बजेटमार्फत लगानीकर्तालाई बर्गिकरण गरी लामो समय होल्ड गर्ने लगानीकर्तालाई लाभ कर तिर्न राहत दिएको हो ।
धितोपत्र बोर्डले लगानीकर्ताहरुको बर्गिकरण गरेर लाभकर निर्धारण गर्न लभिङ गरेको थियो । सेयर बजारका लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी विभाजन गरिएको छ । सरकारले गरेको वर्गीकरण अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ ।
जस अनुसार अबदेखि १ वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत लाभ कर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५ प्रतिशत लाभकर तिरे पुग्नेछ । अहिलेसम्म सबै व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्थागतले १० प्रतिशत लाभकर तिर्दै आएका थिए ।