को’रोनाका कारण रोकिएको एसईई परीक्षा सामाजिक दुरी कायम गरेर वा अनलाइनबाट भएपनि माध्यामिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसका लागि वैकल्पिक भनिएको अनलाइन वा सामाजिक दुरी कायम गरेर भएपनि परीक्षा सञ्चालन गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको छ ।
गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्दा चर्को आ’लोचना र अ’स्तव्यस्त भएपछि यसपटक बोर्डले विद्यालयलाई जिम्मा दिएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । यद्यपी यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय आउन बाँकी छ ।
को’भिड १९ म’हामा’रीका कारण भौतिक उपस्थितीमा बोर्डले तयार पारेका प्रश्नपत्र र कापी बाँडेर परीक्षा गर्ने सम्भावना कम हुँदै गएका बेला विद्यालयबाटै परीक्षा सञ्चालन गरेर मात्रै नतिजा निकाल्ने तयारी अघि बढेको हो । को’भिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ ।
हिजो (शनिबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलकाका अनुसार कक्षा-१२ को तत्काल हुँदैन । परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ । बोर्डले शिक्षा मन्त्रालयलाई SEE आन्तरिक मुल्यांकनबाट गर्न सिफारिस गरेकोछ अब छिट्टै आधिकारिक रुपमा अन्तिम निर्णय मन्त्रालयले गर्नेछ ।
एसईईका बारेमा गठित कार्यदलले दिएको सुझाव अनुसार नै यस किसीमको परीक्षा गरेर नतिजा निकाल्नेबारे तयारी गरिएको र अनुमतिका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट अनुमति पाएमा अर्को हप्तादेखि नै परीक्षा सञ्चालनको तयारी अघि बढ्नेछ ।
‘वैकल्पिक माध्यमबाट भएपनि परीक्षा गर्नुपर्छ । गएको वर्षको पाठ सिकेर अघि बढ्दा परीक्षाको विकल्प देखिदैन’ अध्यक्ष पौडेलले इकागजसँग भने, ‘विद्यालयलाई जिम्मा दिने र वैकल्पिक माध्यमबाट परीक्षा गर्ने निष्कर्षसहित मन्त्रालयमा प्रस्ताव पठाएका छौँ ।’
को’भिड १९ म’हामा’री भएपनि केही विद्यालयले काठमाडौँमै वैकल्पिक माध्यमबाट परीक्षा गरेका थिए । जसलाई अनलाइन माध्यम पनि भनिएको छ । परीक्षा लिएर मात्रै नतिजा पठाउनुपर्ने निर्णय गरेमा आन्तरिक मूल्यांकनको नाममा विद्यालयले पठाएको हुबहुँ अंक नतिजाका रुपमा निकाल्नु नपर्ने बोर्डका पदाधिकारीको बुझाई छ ।
सरकारले बढ्दो कोभिड १९ म’हामा’रीलाई नियन्त्रण गर्न जेठ १३ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा बैशाख २७ गते नै स्थगित गर्ने निर्णय गरेको थियो । को’भिडका कारण कक्षा १२ को परीक्षा पनि रोकिएको छ । तत्काल वैकल्पिक माध्ययमबाट एसईई परीक्षा अगाडि बढाएर त्यसपछि म’हामा’रीको अवस्था अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए ।