बुटवल उपमहानगरपालिकाले सोमबारदेखि को’भिड १९ को निशुल्क परीक्षण सुरु गरेको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा शुरु गरिएको सर्वसाधारणको निशुल्क परिक्षण २१ गतेसम्म जारी रहने छ । सोमबार ६२ जनाको परीक्षण भएकोमा १४ जनामा को’रोना सं’क्रमण देखिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सर्वसाधारणलाई पायक पर्नेगरी मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र उपमहानगरपालिकाको कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । बुटवलका सबै वडामा धेरै सं’क्रमित भेटिएका र सं’क्रमणको जो’खिमपूर्ण क्षेत्र पहिचान गरी एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको उनले बताए । म’हामा’री वि’रुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदायस्तरमा परीक्षण शुरु गरिएको हो।