चीनबाट अनुदानस्वरूप प्राप्त हुने १० लाख मात्रा खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले चीनबाट आउने १० लाख ‘भेरोसेल’ जो’खिम वर्गको आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई दिन लागिएको बताउनुभयो ।
उहाँले खो’प भित्रिने मात्राको आधारमा खो’प लगाउनेको उमेर समूह छुट्याउँदै जाने पनि बताउनुभयो । सोमबार साँझ बेइजिङ गएको नेपाल एयरलाइन्सको विमानले मंगलबार खोप लिएर आउँदै छ । तर, योपटक २ लाख मात्रा खोप मात्र आउने बताइएको छ । डा. पोखरेलका अनुसार कम्तीमा ५ लाख मात्रा खो’प प्राप्त भएपछि मात्रै खो’प कार्यक्रम सञ्चालन गरिनेछ ।
यसभन्दा अगाडि चीन सरकारले ८ लाख डोज भेरोसेल उपलब्ध गराएको थियो । सरकारको तथ्यांकअनुसार ६० देखि ६५ वर्षका अझै करिब सात लाख नागरिकलाई खो’प लगाउन बाँकी नै छ । दुवै डोज खो’प दिनका लागि १४ लाख मात्रा आवश्यकता पर्छ । यसअघि, सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खो’पको पहिलो मात्रा १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइएको थियो ।
झन्डै ९ लाख जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । डा. पोखरेलले आगामी दिनमा कोभिसिल्डको सट्टा दोस्रो मात्रा एस्ट्राजेनेकाको खो’प दिने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एस्ट्राजेनिका खो’प ल्याउने तयारी भइरहेको छ । सो खो’प आएपछि पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनेछौं ।’