पछिल्लो समयमा कर्णालीमा को’रोना स’ङ्क्रमण जित्नेको संख्या बढ्दै गएको छ। सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ को’रोना स’ङ्क्रमित निको भएर घर फर्केका छन्। कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको को’रोना स’ङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा स’ङ्क्रमण देखिएको छ।
स’ङ्क्रमण देखिएकामध्ये ९५ प्रतिशतले को’रोना भाइ’रस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए। ‘पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको को’रोना परीक्षण गरिएकामा २०६ जनामा स’ङ्क्रमण पुष्टि भएको छ,’ निर्देशक डा खड्काले भने, ‘को’रोना भाइ’रस स’ङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन्।’
मृ’त्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक÷एक रहेको उनले बताए। उहाँका अनुसार को’रोना भा’इरसबाट ग’म्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३७० आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा रहेका छन्।