र्णाली प्रदेशस्तरीय अनुमगन टोली स्वास्थ्य सामग्रीसहित रुकुम पश्चिम पुगेको छ । टोलीले जिल्लाका ६ वटै स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन वार्ड, जिल्ला अ’स्पताल र चौरजहारी अ’स्पतालको अनुगमन गरेको हो ।
टोलीले ९ हजार ७ सय ७५ थान एन्टिजेन किट र १२ वटा अक्सिजन सिलिन्डर जिल्ला अ’स्पताललाई हस्तान्तरण गरेको छ ।
कर्णाली प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री विमला केसीको नेतृत्वमा आएको टोलीमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्का सहभागी छन् ।
टोलीले विभिन्न प्रकारका औषधि, मास्क, झुल र कम्बललगायत सामग्री पनि वितरण गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए ।
उनका अनुसार टोलीले को’रोना रोकथाम, नियन्त्रण तथा उपचारमा जिल्लाको प्रयास उत्कृष्ट छ ।
अनुगमनका क्रममा जिल्लामा म’हामा’री नियन्त्रणमा गरिएको प्रयास र व्यवस्थापन राम्रो भएको टोलीको निष्कर्ष छ ।
रुकुम पश्चिममा मृत्युदर उच्च रहेको भन्ने चासो पनि प्रदेशले देखाएको छ । कर्णाली प्रदेशमा रुकुम पश्चिममा मृत्युदर तेस्रोमा छ ।
पहिलो सुर्खेत, दोस्रो सल्यान र तेस्रोमा रुकुम पश्चिम छ । हालसम्म जिल्ला अ’स्पतालमा उपचारको क्रममा १७ जनाको मृ’त्यु भएको छ ।
जिल्लाभरि २१ जनाले ज्या’न गु’माएका छन् । ग्रामीण क्षेत्रमा को’रोनाका लक्षण देखिँदा पनि परीक्षण नगर्ने स’मस्या रहेको जिल्ला अ’स्पतालका डा.राजकुमार भुजेलले बताए ।
‘अरू नै औ’षधि सेवन गरेर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अ’स्पताल आउने चलन छ,’ उनले भने, ‘अधिकांश बि’रामी निमोनियाले ग्रस्त भएपछि र अक्सिजनको मात्रा घटेपछि मात्र अ’स्पताल आउने गरेका छन् ।’
अस्पतालले संक्रमित बचाउन सबै प्रयास गर्ने गरेको उनले बताए । पूर्वसामाजिक विकासमन्त्री केसीले रुकुम पश्चिममा सबैको सहकार्यमा राम्रो व्यवस्थापनका साथ कोभिड रोकथाम, नियन्त्रण र उपचार भइरहेको बताइन् ।
‘सबै स्थानीय तहले आइसोलेसन बनाएर बि’रामीको उपचार गरिरहेका छन्,’ उनले भनिन्, ‘जनप्रतिनिधि घरदैलोमा व्यस्त रहेको पाइयो, जसले सं’क्रमण रोकथाममा सघाउ पुगेको छ ।’
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.खड्काले रुकुम पश्चिमले गरिरहेका कतिपय कुरा अन्यत्र पनि अभ्यास गर्नुपर्ने बताए ।
प्रदेशबाट प्राप्त औ’षधि तथा उपकरणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा थप सजिलो भएको निमित्त स्वास्थ्य व्यवस्थापक बुढाथोकीले बताए ।
उनका अनुसार टोलीले हस्तान्तरण गरेका सामग्रीहरू आवश्यकताअनुसार सबै पालिकामा वितरण गरिनेछ ।