को’भिड १९ भाइ’रसको दोस्रो चरणको प्रवेशसँगै नेपालमा अक्सिजन आपूर्तिको ग’म्भीर अभाव भइरहेको छ ।
नेपालमा अक्सिजन सिलिण्डरको संकलन र भण्डारणमा जोड दिइएता पनि उत्पादन तर्फ धेरैको ध्यान आकर्षण भएको देखिदैंन ।
करिब तीन साता अघि को’भिड १९ बाट सं’क्रमितहरुको उल्लेखनीय संख्यामा वृद्धि भए पछि अ’स्पतालहरूद्वारा अपर्याप्त अक्सिजका कारण सं’क्रमितहरुको उपचार गर्न नसकिने स्थिति रहेको जानकारी गराएका थिए ।
वैशाख २५ गतेदेखि अ’स्पतालहरुले थप सं’क्रमितहरुलाई भर्ना गर्न बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएकाले अक्सिजन अभावको तत्काल अवस्थालाई सम्बोधन गर्न विभिन्न अ’स्पतालहरूद्वारा आग्रह गरिएको थियो ।
यस समयावधि भित्र अक्सिजनको कमीका कारण सयौं नेपालीहरुले ज्या’न समेत गु’माउनु परेको थियो ।
यस स’मस्यालाई तुरुन्त सम्बोधन गर्नका निमित्त नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरिएको छ ।
विविध क्षेत्रमा विशेषज्ञता भएका यी संस्थाहरुले मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्नको निमित्त एकजुट भइ निरन्तर काम गरिरहेको जनाइएको छ ।
अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम निर्माण गर्नको लागि मेडिकल अक्सिजन उत्पादनका फ्रान्सेली कम्पनि NOVAIR लाई छनोट गरिएको छ ।
हाल १० अक्सिजन प्लान्ट र पाँचवटा अक्सिजन भर्ने सिस्टम उत्पादन गर्ने प्रक्रियामा रहेको NOVAIR ले तीन हप्ता भित्रमा उक्त अक्सिजन प्लान्ट र सिस्टमलाई नेपाल भित्राउनेलक्ष्य लिएको छ ।
प्रति दिन १० अक्सिजन जेनरेटरहरूले प्रति मिनेट २४०० लिटर अक्सिजन उत्पादन गर्दछ (६.८) क्युबिक मिटर क्षमताको ६४० जम्बो सिलिन्डर बराबर) ।
नेपालका सात वटा प्रदेशमा कम्तिमा एउटा अक्सिजन प्लान्टको स्थापना गर्न हाम्रो कन्सोर्टियम प्रतिबद्ध रहेको बताइएको छ ।