एजेन्सी । का’रोना भाइ’रससँग विश्व जुझिरहेको छ । वयस्कहरुले भाइ’रसको जो’खिम कम गर्न मास्कको प्रयोग गर्छन् ।
ठुला मानिसको लागि को’रोना खो’प पनि आइसकेको छ । तर साना बालबालिकाहरुलाई भने हालसम्म खो’प आएको छैन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेंशनको अनुसार वयस्कहरुलाई जस्तै को’रोनाको जोखि’म बच्चालाई पनि हुन्छ । सं’क्रमणबाट बच्ने एक तरिका सामाजिक दुरी हो ।
यदी बच्चालाई बाहीर लैजान्छौ भने मास्क लगाउन सकिन्छ र तर २ वर्ष भन्दा साना बच्चालाई मास्क लगाउदा सास फेर्न गाह्रो हुने संस्थाले जनाएको छ ।
अन्य विशेषज्ञहरुले पनि २ वर्ष भन्दा मुनिका बच्चाहरुको लागि मास्क लगाउनु ख’तरा’नाक हुने बताउदै आएका छन् ।
उनीहरुको अनुसार साना बच्चाको सास नलि साँघुरो हुन्छ र जसको कारण सास फेर्न गा’ह्रो हुन्छ ।
मास्क लगाउदा सास लिनमा धेरै बल लगाउनु पर्छ । बच्चाहरुलाई सकेसम्म घरभित्रै राख्नु उत्तम उपाय हो ।
बाल स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकामा साना बच्चाहरुलाई मास्क नलगाउन सल्लाह दिइएको छ ।
संगठनले साना बच्चाहरुलाई मास्कले सास फेर्न अ’फ्ठेरो हुने भन्दै उनीहरुले मास्क हटाउन बारम्बार कोशिस गर्ने पनि उल्लेख गरेको छ ।