काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। जेठ ३१ गतेसम्मका लागि उपत्यकामा निषेधाज्ञा थपिएको हो।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ।
यससपटक बिहान साँझ किराना पसल खोल्न दिने, निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी छ।
यस्तै, सवारी साधन मर्मतका लागि वर्कसपहरु पनि खुल्न पाउने भएका छन् ।
को’रोना स’ङ्क्रमित घटे पनि अ’स्पतालमा भर्ना हुने घटेनन् देशभरमा कोभिड–१९ का नयाँ स’ङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अ’स्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका स’ङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन।
एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै स’ङ्क्रमण पाइएको भए पनि स’मस्या भएर अ’स्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो।
एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अ’स्पतालले जनाएको छ । मङ्गलबार अ’स्पतालमा को’भिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बि’रामी थिए।
अ’स्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरा’मी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अ’स्पतालका निर्देशक डा रबि शाक्यले बताए।
दैनिक झण्डै २५ नयाँ बि’रामी आइरहेका छन् । उन भने, “बच्चाको एनआइसयुबाहेक अरू आइसियु सधैँ भरिभराउ रहेका छन् ।”
अ’स्पतालमा पनि पिसिआर परीक्षणका लागि आउनेको सङ्ख्या केही कम भए पनि भर्ना हुनेको सङ्ख्या घट्न नसकेको अ’स्पतालले जनाएको छ।
अ’स्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर श’ङ्कास्पद स’ङ्क्रमित र अरू बि’रामीलाई छुट्याइने गरिएको छ।
‘फिबर क्लिनिक’मा आउनेका सङ्ख्या केही कम भइरहेको अ’स्पतालका निर्देशक डा शाक्यले बताए।
उनले भने, “एक सातायता पिसिआर परीक्षणका लागि अ’स्पताल आउनेको सङ्ख्या पनि घटिरहेको छ।”
अ’स्पतालले गत वर्षदेखि को’भिड र अरू बि’रामीलाई छुट्याएर उपचार गर्दै आएको छ।
आवश्यकताअनुसार कोभिडका लागि श्यया बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताए।
अहिले नयाँ भेरियन्टसहित स’ङ्क्रमण देखिन थालेसँगै अरू श्ययालाई खुम्च्याउँदै र को’भिडका लागि बढाउँदै लगिएको छ।
अ’स्पतालमा अहिले कोभिडका लागि तीन सय श्यया र अरूका लागि ३५० श्यया छ । उनले भने, “सबै श्ययामा नै बि’रामी झण्डै भरिएका छन्।”
अ’स्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । को’भिडका श’ङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बि’रामीको सबै किसिमको उपचार भइरहेको हो।
यातायातको असुविधा र अहिलेको समयमा बि’रामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन्।
उनले भने, “अ’स्पताल आएका कुनै पनि बि’रामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन।”
अ’स्पतालले को’भिडका लागि ३० आइसियु र १८ भेन्टिलेटर छुट्याएको छ। कोभिडबाहेक सजिर्कल, मेडिकल आइसियु र बालबालिका लागि एआइसियु गरी २० आइसियु रहेका छन् ।
स’ङ्क्रमण बढिरहँदा आवश्यकताअनुसार नै श्यया बढाउँदै लगिएको निर्देशक शाक्यले बताए। उनले भने, “स’ङ्क्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ।”
अ’स्पतालमा हिजोआज क्षमताभन्दा बढी बि’रामी नभएको निर्देशक शाक्यले बताए। रासस