युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई को’राना म’हामा’रीवि’रुद्ध ल’ड्न प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आईपुगेको छ ।
स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । युएईले नेपाललाई भेन्टिलेटर, ट्रली, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा को’रोना सं’क्रमणबाट थप ६ जनाको मृ’त्यु : सुदूरपश्चिम प्रदेशमा को’रोना सं’क्रमणबाट थप ६ जनाको मृ’त्यु भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अ’स्पतालमा को’रोना सं’क्रमणबाट थप ६ जनाको मृत्यु भएको हो ।
मृ’त्यु हुनेमा कञ्चनपुर १, कैलाली १, बाजुरा २, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय २० मा एन्टिजेन परिक्षण गर्दा १ सय १ जनामा को’रोना पुष्टी भएको छ भने मृ’त्य १ रहेको छ ।
६ सय ४४ मा पिसिआर परिक्षण गर्दा १ सय ९२ मा को’रोना पुष्टी भएको छ भने ८ जना को मृ’त्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म को’रोनाबाट मृ’त्यु हुनेको संख्या ५ सय १२ पुगेको छ ।
४५ हजार ४ सय ३७ को एन्टीजेन परीक्षण गर्दा ६ हजार ९ सय २७ मा को’रोना पोजेटिभ छ भने मृ’त्यु २ सय २४ छ ।
नेगेटिभ ३८ हजार ५ सय १० रहेको कार्कीले बताए । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ लाख ८३ हजार ९ सय १ नमुनाको पिसिआर परीक्षण गर्दा ३३ हजार ३ सय २१ जना को’रोना पोजेटिभ पुष्टी भएका छन ।
२ सय ८८ जना को’रोना सं’क्रमणबाट मृ’त्यु भएको जनाइएको छ । नेगेटिभ १ लाख ५० हजार ५ सय ८० रहेको छ ।
परीक्षण नमुनामध्ये २ सय ४२ को नतिजा आउन बाँकी छ भने निको २६ हजार ८ सय १ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।