को’रोनाको दोस्रो लहरका क्रममा काठमाडौं उपत्यकामा देखिएका सक्रिय सं’क्रमितको संख्या करिब ४२ प्रतिशतले घटेको छ ।
नयाँ सं’क्रमितको संख्या घट्दै गए पनि सं’क्रमण दर उच्च नै रहेकाले जो’खिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् ।
गत १ जेठमा उपत्यकामा सक्रिय सं’क्रमितको संख्या सबैभन्दा उच्च अर्थात् ४२ हजार दुई सय ४३ पुगेको थियो ।
बुधबार यो संख्या २४ हजार ६ सय ४६ मा झरेको छ । अर्थात् सक्रिय सं’क्रमितको संख्या ४२.६५ प्रतिशतले घटेको छ ।
काठमाडौंमा सक्रिय सं’क्रमितको संख्या आधाभन्दा धेरै घटेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
१ जेठमा काठमाडौंमा दुई हजार एक सय ४६ जनामा सं’क्रमण पुष्टि हुँदा सक्रिय सं’क्रमितको संख्या ३० हजार एक सय ४२ पुगेको थियो ।
बुधबारमा नौ सय ६९ जनामा सं’क्रमण पुष्टि हुँदा सक्रिय सं’क्रमितको संख्या १४ हजार ८७ मा छ ।
ललितपुर र भक्तपुरमा पनि सक्रिय सं’क्रमितको संख्यामा कमी आएको मन्त्रालयको तथ्यांक छ ।
१ जेठमा ललितपुरमा सक्रिय सं’क्रमितको संख्या सात हजार एक सय एक थियो भने बुधबार ६ हजार दुई सय ३५ छ ।
त्यस्तै, भक्तपुरमा १ जेठमा पाँच हजार रहेको सक्रिय सं’क्रमितको संख्या बुधबार चार हजार तीन सय २४ मा झरेको छ ।
नयाँ सं’क्रमितको संख्या घटेको र निको हुनेको संख्या बढेकाले सक्रिय सं’क्रमितको संख्या घटेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए ।
उनका अनुसार सं’क्रमणको ‘पिक’ ओरालो लाग्दै गएको छ । विगतमा उपत्यकामा एकै दिन चार हजार दुई सयजनासम्ममा सं’क्रमण देखिएको थियो ।
बुधबार काठमाडौंमा नौ सय ६९, ललितपुरमा तीन सय ६ र भक्तपुरमा एक सय ८१ गरी एक हजार चार सय ५६ जनामा सं’क्रमण पुष्टि भएको छ ।
हालसम्म उपत्यकामा दुई लाख ४४ हजार चार सय ८३ जनालाई सं’क्रमण भइसकेको छ ।
जसमध्ये काठमाडौंमा एक लाख ९० हजार दुई सय ५७, ललितपुरमा ३३ हजार नौ सय २१ र भक्तपुरमा २० हजार तीन सय पाँचजना छन् ।
देशभर पनि सं’क्रमितको संख्या घटेको छ । नेपालमा सबैभन्दा धेरै ११ जेठमा सक्रिय सं’क्रमितको संख्या एक लाख १७ हजार दुई सय ६१ थियो ।
त्यसयता नयाँ सं’क्रमितभन्दा निको हुनेको संख्या बढेकाले बुधबार सक्रिय सं’क्रमितको संख्या एक लाख एक हजार नौ सय ९३ मा झरेको छ ।
अहिलेसम्म देशभर पाँच लाख ७१ हजार एक सय ११ जनामा सं’क्रमण पुष्टि भइसकेको छ । देशभरका सं’क्रमितमध्ये ४३ प्रतिशत उपत्यकाका बासिन्दा छन् ।
सं’क्रमणबाट अहिलेसम्म काठमाडौंमा एक हजार ६ सय ४०, ललितपुरमा चार सय ४९ र भक्तपुरमा तीन सय २८ गरी दुई हजार चार सय १७ जनाले ज्यान गुमाइसकेका छन् ।