अभिनेता प्रमोद अग्रहरिले अ’स्पताललाई अक्सिजन सहयोग गरेका छन् ।
उनले नवलपरासीस्थित पृथ्वीचन्द्र अ’स्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् ।
परासी युवा समूहको व्यवस्थापनमा उनले उक्त सिलिन्डर अ’स्पतालका डा.मोहम्मद नुरुल होदालाई दिएका छन् ।
‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् । यस्तो बेला केही राहत होस् भनेर आफुले सकेको सहयोग दिएको हो’ अग्रहरिले भने ‘आगामी दिनमा सकेको सहयोग गर्छु ।’
अग्रहरिले सक्नेलाई सहयोगमा जुट्न समेत आग्रह गरेका छन् ।
यस अघि राज घिमिरे, पल शाह, पुष्प खड्का लगायत कलाकारले पनि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका थिए ।
अग्रहरि फिल्म पर्दामा हिरो र भिलेन दुबै भुमिकामा देखिने कलाकार हुन् ।
‘कथा काठमाण्डू’ फिल्ममा उनले प्रियंका कार्कीसँग दिएको अन्तरंग दृश्य निकै चर्चित भएको थियो ।
‘कथा काठमाण्डू’को अलवा उनले उमा, सुन्तली, संरक्षण, जाइरा, जस्ता फिल्ममा अभिनय गरेका छन् ।