मकवानपुरको विकट भेगमा रहेको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा वि’षालु च्याउ खाँदा एकै परिवारका ६ जना बि’रामी परेका छन् ।
घरनजिकैको जंगलबाट खोजेर ल्याएको च्याउ बुधबार राति पकाएर खाँदा उनीहरू बि’रामी परेका हुन् ।
बि’रामीमध्ये ३ वर्षीय बालक प्रेमबहादुर प्रजा ग’म्भीर रहेको र उपचारका लागि एम्बुलेन्समार्फत चितवनको भरतपुर पुर्याइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
हरिशरण प्रजाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएसँगै स्वास्थ्यमा स’मस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो ।
हरिशरणकी पत्नीसहित अन्य छोराछोरीको अवस्था सामान्य भए पनि तीन वर्षीय छोराको अवस्था ग’म्भीर रहेको मल्लले जानकारी दिए ।
राक्सिराङमा वि’षालु च्याउ खाएर बर्सेनि धेरैले ज्या’न गुमाउने गरेका छन् । ‘अनिकालका कारण यस्तो अवस्था सिर्जना भएको हो ।
त्यहाँ उत्पादित बालीले वर्षभरि खान पुग्दैन । त्यस कारण उनीहरू जंगलमा पाइने खानेकुरा संकलन गरेर खान्छन्,’ गाउँपालिका अध्यक्ष मल्लले भने ।