कोहिनूर इन्भेष्टमेन्ट तथा सेक्युरिटिज प्रालि (३५ नम्बर ब्रोकर)ले आफ्ना ग्राहकलाई ठूलो राहत दिने भएको छ ।
तत्काल पैसाको जोहो गर्नुपर्ने भएर सेयर बेचेको कम्पनीलाई जानकारी गराए उक्त ग्राहकलाई सेयर बेचेकै दिन कम्पनीले २ लाख रुपैयाँसम्म दिने जनाएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै कम्पनीसँग आवद्ध ग्राहकहरुले लकडाउन अवधिभर घरखर्च तथा अस्पतालका लागि रकम आवश्यकता परेको
जानकारी गराएमा २ लाख रुपैयाँसम्म सेयर बेचेकै दिन उपलब्ध गराउने भनेको छ ।
यो सुविधा कोहिनूरका ग्राहकले मात्रै पाउने छन् ।
आफ्ना ग्राहकको मर्मलाई ध्यानमा राखेर कम्पनीले लकडाउन अवधिभरका लागि यस्तो निर्णय गरेको हो ।
यस्तो बेला जतिखेर पनि पैसाको आवश्यकता पर्छ सक्छ भनेर यस्तो निर्णय गरेको कम्पनीले बताएको छ ।
सामान्य दिन सेयर बेचेको तीन दिनपछि मात्रै पैसा आउँछ ।
तर, अहिले विषम परिस्थिति भएकाले तत्कालै सेयर बेचेर पैसा अन्यत्र प्रयोग गर्नुपर्ने हुन सक्छ ।
त्यस्तो बेला उनीहरुको तत्कालको आवश्यकता टरोस् भनेर निर्णय गरिएको कम्पनीले जनाएको छ ।