बागमती प्रदेशमा को’रोना सं’क्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत निको भएका छन् ।
हालसम्म सं’क्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत अर्थात २ लाख ५७ हजार ९ सय ३२ जना निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
प्रदेशभर हालसम्ममा कुल १८ लाख २९ हजार ७ सय ५२ जनाको पिसिआर र एन्टिजेन विधिबाट को’रोना परिक्षण गर्दा ३ लाख २ सय ९४ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ११ जनामा को’रोना सं’क्रमण निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता डा. पुरुषोतम सेढाईले बताए ।
उनका अनुसार, सोही अवधिमा प्रदेशभर ७ हजार ९ सय ६४ जनाको को’रोना परिक्षण गर्दा २ हजार ८ सय ८६ जनामा सं’क्रमण पुष्टि भएको हो ।
बागमती प्रदेशका १३ जिल्लामा कुल सं’क्रमितको १३.२९ प्रतिशत अर्थात् ३९ हजार ८ सय ९७ जना सं’क्रमित सक्रिय रहेका उनले बताए ।
सक्रिय सं’क्रमित मध्ये ३६ हजार ६ सय ७४ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।
अन्य सं’क्रमितहरु प्रदेशका विभिन्न अ’स्पतालहरुले संचालन गरेको भेन्टिलेटरमा २ सय ५९ जना, आईसीयूमा ६ सय ४२ जना,
एचडीयूमा १ हजार ४ सय १७ जना, अ’स्पतालको बेडमा ७ सय ९८ जना र ७१ जना संस्थागत आइसोलेशनमा उपचाररत रहेका छन् ।