पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ ।
को’रोना स’ङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा स’ङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि स’मस्यामा परेका चालकहरुलाई राहत वितरण गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।
‘लामो समय भयो, निषेधाज्ञा छ, काम गरेर विहान बेलुकाको छाक टार्न स’मस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौ’, – उनले भने ।
बरालका अनुसार डुङ्गा व्यवसायी समितिको समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
थप स’मस्यामा परेका ३२ जनाको पनि नाम आएकाले उनीहरुलाई शनिबार बिहान वितरण गरिने बरालले जानकारी दिए ।
आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २५ सय बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरीएको जानकारी दिए ।
राहत लिएर जाँदै गर्दा एक डुङ्गा चालकले जीविकोपार्जनमा स’मस्या भइरहेको समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुङ्गा खियाएर दैनिकी चलाउने दिनको पर्खाइमा रहेको बताए ।
व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७७५ जति डुङ्गा चालक रहेका छन् ।
ती मध्ये चारसयले आफ्नै डुङ्गा चलाउँछन् भने बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन् ।