सिन्धुलीमाडीस्थित को’भिड अ’स्पतालमा उपचाररत कमलामाई नगरपालिका–६ का सं’क्रमित पुरुषलाई थप उपचारका लागि बिहीबार साँझ हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
सघन उपचारको खाँचो भएपछि उनलाई परिवारजनले हेलिकप्टरबाट काठमाडौं लगेका हुन् ।
यसै साता अर्का सं’क्रमित कै’दीबन्दीलाई पनि थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
गत साता रौतहटको चन्द्रनिगाहपुर घर भई सिन्धुलीमाडीकै को’भिड अ’स्पतालमा उपचाररत पुरुषलाई पनि उसैगरी काठमाडौं लगिएको थियो ।
को’रोनाको दोस्रो लहर सुरु भएयता सं’क्रमितलाई थप उपचारका लागि काठमाडौं लैजान दर्जनौं पटक सिन्धुलीको आकाशमा हेलिकप्टरले उडान गरेका छन् ।
यो सं’क्रमित र परिवारका लागि रहर होइन, बाध्यता हो । ‘बि’रामीलाई उपचार गराउँदा बीसको उन्नाइस नभएपछि विकल्प खोज्नु हाम्रो बाध्यता हो,’
स्थानीय डम्बर कार्की भन्छन्, ‘यो बि’रामी यहीं ठीक हुन्छ, कहीं लैजानु पर्दैन भनेर चिकित्सकले ढाडस नदिँदा ऋणधन गरेरै हेलिकप्टर बोलाउनुपर्छ ।’
सं’क्रमितको उपचारका लागि को’भिड अ’स्पतालमा भेन्टिलेटरसहित तीन बेडको आईसीयू कक्ष छ ।
तर दक्ष चिकित्सकको अभावमा पूर्ण सञ्चालनमा आउन सकेको छैन । जसका कारण बि’रामीका परिवार म’हँगो भाडा तिरेर बि’रामीलाई काठमाडौं लैजान बाध्य छन् ।
हेलिकप्टरले यहाँबाट काठमाडौं लगेको एक लाखदेखि डेढ लाख रुपैयाँसम्म लिने गरेका छन् ।
को’राना सं’क्रमितको हकमा थप ५० प्रतिशत भाडा बढी लिन मिल्ने सरकारी निर्णयका कारण दुई लाखभन्दा बढी बि’रामीले बेहोर्नु परिरहेको छ ।
त्यसमाथि एक विशेषज्ञले सिन्धुली अ’स्पताल र को’भिड अ’स्पताल दुवैतिर भ्याउनुपर्ने अवस्था रहेकाले प्रभावकारी उपचार पाइनेमा ढुक्क हुने अवस्था नरहेको सेवाग्राही बताउँछन् ।
हाल एनेस्थेसियोलोजिस्ट डा. सागर देवकोटाको टोलीले आईसीयू र भेन्टिलेटरमा सेवा दिइरहेका छन् ।
‘हामीले सक्ने सेवा दिने हो, गम्भीर बि’रामीलाई थप उपचारका लागि काठमाडौं लैजाऊँ कि भनेर बि’रामीका आफन्तले सोध्दा हुँदैन भनेर कसरी भन्नु ?’
अ’स्पतालका इन्चार्ज एवं रेडियोग्राफर अमृत कार्कीले भने । को’भिड अ’स्पतालका ५० बेडमध्ये २३ वटा एचडीयू बेड हुन् ।