केडिया अर्गनाइजेसनअन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनले को’भिड–१९ फन्डमा सात लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनले नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुट्टाछुट्टै गठन गरेको को’भिड–१९ फन्डमा उक्त रकम सहयोग गरेको हो ।
परिसंघद्वारा गठित को’भिड फण्डमा पाँच लाख र चेम्बरद्वारा गठित फन्डमा दुई लाख रुपैयाँ सहयोग गरिएको हो ।
फाउन्डेसनले गरेको उक्त सहयोग अक्सिजन सिलिन्डर, मास्क, सेनिटाइजर, पीपीई खरिद तथा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएको छ ।
पुस्तकालयबाट लगेको किताब ६४ वर्षपछि फिर्ता आयरल्याण्डको एक पुस्तकालयबाट एकजना पाठकले पढ्नका लागि लगेको पुस्तक ६४ वर्षपछि फिर्ता गरेका छन् ।
आयरल्याण्डको मोनाघान पुस्तकालयबाट सन् १९५७ को जनवरी ११ मा हिलारी बेल्लोकद्धाा लिखित ‘द हेज एण्ड द हर्स’ नामक पुस्तक लगिएको रहेछ ।
पढ्नका लागि लगेको किताब ६४ वर्षपछि गत मे महिनामा फिर्ता गरिएको छ ।
पुस्तकालयमा ६ दशकसम्म पनि किताब फिर्ता नगर्दा जरिवाना त टन्नै लाग्नुपर्ने हो ।
पुस्तकालयको पूरानो नियमानुसार पुस्तक लैजाने ती पाठकले ६४ वर्षको जरिवानाबापत २ हजार डलर बराबरको रकम तिर्नुपर्ने थियो ।
तर पुस्तकालयले सन् २०१९ मै विलम्बबापतको शुल्क लिने पूरानो नियम खारेज गरेको हुनाले ती व्यक्तिले जरिवाना तिर्नु परेन ।
यति लामो समयसम्म किताब कहाँ थियो र किन फिर्ता गरिएन भन्ने कुराचाहिँ थाहा नभएको लाइब्रेरियन के क्यासिडीको भनाइ छ ।