पछिल्लो २४ घण्टामा को’रोनाबाट सं’क्रमित हुनेभन्दा निको हुनेको संख्या बढी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा सं’क्रमण पुष्टि भएको छ ।
यसैगरी निको हुनेको संख्या ८ हजार २४३ छ । यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ नमूना परीक्षण गरिएको थियो ।
नेपाली सेनाले विभिन्न मितिमा गरेको श’व व्यवस्थापनसहित ६८ जनाको नि’धन भएको छ ।
हालसम्म कूल ७ हजार ७९९ जनाको को’रोनाबाट दुःखद नि’धन भएको छ ।
हालसम्म कूल ५ लाख ८५ हजार १०० को’रोना सं’क्रमित भएकामा ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् ।
यस आधारमा कूल निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा १३ हजार १५९ सक्रिय सं’क्रमित छन् ।
१ लाख ७८ हजार ६६२ जना निको भएका छन् भने १ हजार ६७६ जनाको नि’धन भएको छ ।
भक्तपुरमा ३ हजार ७६७ जना सक्रिय सं’क्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्या’न ग’एको छ ।
ललितपुरमा ५ हजार ११८ जना सक्रिय सं’क्रमित रहँदा २९ हजार ६६ जना निको भइसकेका छन् । को’रोनाबाट जिल्लामा ४७४ जनाको ज्या’न ग’एको छ ।