अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार डेढ घन्टा भाषण गर्दै बहालवाला राष्ट्रपति जो बाइडनमाथि शाब्दिक आ’क्रमण गरेका छन् ।
नर्थ क्यारोलाइनाको ग्रीनभिलमा उनले गरेको यो भाषण राष्ट्रपति पदबाट हटेपछिको दोस्रो हो ।
भाषण शुरू गरेलगत्तै ट्रम्पले बाइडनका नीतिहरूको धज्जी उडाउन थाले । ‘हाम्रो मुलुक हाम्रै आँखाअगाडि ध्व’स्त बनाइँदैछ ।
देशमा ला’गूऔ’षध आइरहेका छन्, इन्धनको मूल्य आकासिएको छ, विदेशी साइबर आ’क्रमणबाट हाम्रा उद्योगहरू ध्व’स्त पारिएका छन् ।
हाम्रा नेताहरू चीनसमक्ष झुकेका छन् । अमेरिकालाई विश्व मञ्चमा अप’मान गरिँदैछ ।’
‘जो बाइडन र वामपन्थीहरूलाई जसरी पनि सत्ताबाट हटाउनुपर्छ । रिपब्लिकनहरूलाई सबै तहका सरकारमा निर्वाचित गरेमा मात्र अमेरिका बाँच्न सक्छ ।
अर्को वर्ष हुने मध्यावधि निर्वाचनबाटै यसको शुरूआत गर्नुपर्छ । हामीले सीमाको र’क्षा गर्नुपर्नेछ, अरू धेरै काम गर्नुपर्नेछ ।’
ट्रम्पले भाषण गरुन्जेल मानिसहरूले घरिघरि थपडी बजाएका थिए ।
उनले डा एन्थोनी फाउचीलाई मजाकमा उडाउँदा दर्शकहरू गलल्ल हाँसेका थिए । फाउची ‘महान् प्रवर्द्धक हुन्, महान् चिकित्सक हैनन्,’ ट्रम्पले भने ।
सन् २०२२ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले कम्तीमा दुई वा तीन सीट बढी ल्याउने दाबी पनि उनले गरे ।
आफू हाउस अफ रिप्रेजेन्टेटिभ्स, सिनेट र ह्वाइट हाउसमा छिट्टै फर्किने ट्रम्पले बताए ।