नेपाली फिल्मका सुपरस्टार अभिनेता भुवन केसीले दोस्रो चरणको को’रोना भाइ’रसको सं’क्रमणलाई रोक्नका लागि जारी गरिएको निषेधाज्ञाको क्रममा एउटा प्रयोग गरेका छन् ।
उनले यो प्रयोग जीवनमै पहिलो पटक गरेका हुन् ।
उनले पहिलो पटक ठ्याक्कै एक महिनासम्म दाह्री पालेर आफ्नै व्यक्तित्वमाथि प्रयोग गरेका हुन् ।
र, उक्त प्रयोगमा आफू सफल समेत भएको उनले अनुभव गरेका छन् ।
कलाकर्मीसंग आईतबार दिउँसो टेलिफोन वार्ता गर्दै अभिनेता केसीले झण्डै एक महिनादेखि पालेको दाह्री शनिवार काटेको बताएका छन् ।
यस भन्दाअघि केही वर्षअघि एउटा चलचित्रको गेटअपका लागि अभिनेता केसीले करिव दुई साताका लागि दाह्री पालेका थिए ।
‘हल्का चिलाउँदा रहेछ, बानी नभएकाले पनि होला, अभिनेता केसीको दाह्री अनुभव छ– ‘तर झण्डै ९९ प्रतिशतले नै मैले दाह्री पालेको असाध्यै सुझाएको प्रतिक्रिया दिनु भएको छ ।
अधिकांशले दाह्री पालेकै गेटअपमा फिल्म खेल्न सुझाव दिनु भएको छ ।’
अभिनेता केसीले अहिले लकडाउन खुल्ने अवस्था भएको भए करिव दुई महिनासम्म नै दाह्री पालेर हल्का मिलाउँदै उक्त गेटअपलाई फिल्ममै उतार्ने समेत सोचेका थिए ।
‘तर निषेधाज्ञा कहिलेसम्म हो भन्ने थाहा छैन, घर बस्दा–बस्दा बोर भैसकियो, अभिनेता केसी भविष्यमा फिल्मकै लागि पुन: एक पटक दाह्री पाल्ने कुरामा भने आश्वस्त देखिए ।
भुवनलाई उनकै सुपरस्टार छोरा अनमोल केसीले समेत दाह्री पाल्दा सुहाएको प्रतिक्रिया दिएका रहेछन् ।
‘फिल्ममा दाह्री पालेको गेटअपमा प्रस्तुत हुँदा फरक नपर्ने रहेछ, भुवनले अनमोलको भनाइ उदृत गरे ।
यसैबीच अभिनेता केसीले फेसबुकमा आफ्नो दाह्री पालेका केही तस्बिरहरु पोस्ट गरे, क्याप्सन भने केही पनि लेखेनन् ।
ती तस्बिरहरुले हजारौं रियाक्सन तथा सयौं प्रतिक्रिया पाएका छन् ।
अधिकांशले उनलाई दाह्रीमा झन बढी हेण्डसम देखिएको, सुहाएको प्रतिक्रिया दिए भने कतिपयले यही गेटअपमा फिल्ममा अभिनय गर्न आग्रह समेत गरेका छन् ।
उनका कतिपय प्रशंसकहरुले त फोन नै गरेर समेत दाह्रीको प्रशंसा गर्दै नकाट्नका लागि समेत आग्रह गरे ।
‘प्रतिक्रिया जनाउने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, अभिनेता केसीले भनेका छन् ।