काठमाडौं । जल तथा मौसा विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २ लगायत
अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ ।
देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका कही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालको मौसमी प्रणालीमा पश्चिमी, पूर्वी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
आगामी शैक्षिक सत्र असार– १ बाटै, आवश्यक तयारी थाल्न शिक्षामन्त्रीको निर्देशन आगामी शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएको छ।
भौतिक रूपमा कक्षा सञ्चालन गर्ने सम्भावना नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ।
विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा,
विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशनसमेत दिइसकेका छन्।
वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने भएकाले तयारी थाल्न मन्त्री श्रेष्ठले सम्बद्ध पक्षलाई निर्देशन दिएका हुन्।