उपल्लो डोल्पाका विभिन्न गाउँमा ज्वरो र रुघाखोकीका बि’रामी बढेको झन्डै तीन साता बित्यो ।
औ’षधि माग गरेको १० दिनपछि मात्र त्यहाँ औ’षधि पुगेको छ ।
नोम्यडस क्लिनिकले हेलिकप्टर चार्टरको भाडा व्यहोरेपछि काठमाडौंमा थन्किएको औ’षधि र अन्य स्वास्थ्य सामग्री डोल्पा पुर्याइएको हो ।
अल्टिच्युड प्रोजेक्टको आर्थिक सहयोगमा किनिएका २ सय ३० किलो औ’षधि, २ वटा अक्सिजन कन्सन्ट्रेटर २ सय थान को’रोना परीक्षणको एन्टिजेट किट माथिल्लो डोल्पामा पुगेको छ ।
त्यस्तै, हिक्यापबाट प्राप्त स्वास्थ्य उपकरण पनि हेलिकप्टरमार्फत शे–फोक्सुन्डो र डोल्पोबुद्ध गाउँपालिका पुर्याइएको डोल्पा जनजाति केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेले बताए ।
उनका अनुसार ढुवानीमा स’मस्या भएपछि एक सातादेखि विभिन्न औ’षधि र उपकरण काठमाडौंमा थन्किएको थियो ।
शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा पुर्याइएको स्वास्थ्य सामग्री विभिन्न गाउँमा पठाइने केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार टुल्कु च्यारीरेबल फाउन्डेसनबाट प्राप्त ८ सय थान हेपाटाइटिस बीको औ’षधि पनि दुई गाउँपालिकामा पुगेको हो ।
५ लाख ५० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टर चार्टर गरिएको भोटेले बताए ।
कर्णाली प्रदेश सरकारलाई आवश्यक सामग्री ढुवानी र औ’षधि व्यवस्थापनका लागि सहयोग गर्न पटकपटक आग्रह गरिए पनि बेवास्ता भएको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले बताए ।
‘सामग्री जुटाइसक्दा पनि उपल्लो डोल्पा पुर्याउन ठूलै सकस पर्यो,’ उनले भने, ‘जसोतसो औ’षधि आएको छ, अब केही होला भन्ने आशामा छौं ।’
उपल्लो डोल्पाका शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा एउटै लक्षणका बिरामी छन् ।
ती बि’रामीलाई स्थानीय स्वास्थ्य संस्थामा भएको औ’षधि प्रयोग गर्दा सुधार नभएपछि थप औ’षधिको माग गरिएको थियो ।
तर प्रदेश र संघीय सरकारले बेवास्ता गरेपछि विभिन्न संघसंस्थाले उपल्लो डोल्पाका लागि औ’षधि र उपकरण जुटाएका हुन् ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार बि’रामीहरू घरघरै थलिएका छन् । उनीहरूमा को’रोनासँग मिल्दोजुल्दो लक्षण देखिएको उनले बताए ।
उनले पहिलो पटक उपल्लो डोल्पामा एन्टिजेज किट पुगेको जानकारी दिए । ‘यसअघि यहाँ कसैको पनि को’रोना परीक्षण भएको छैन,’ उनले भने, ‘किट आयो, अब परीक्षणलाई तीव्रता दिन्छौं ।’
दुई साताअघि डोल्पोबुद्ध गाउँपालिकाका चार जना कर्मचारीमा को’रोना सं’क्रमण पुष्टि भएको थियो ।